प्राकृतिक विपदमा परी एकवर्षमा ४६२ जनाको मृत्यु
canadanepal.com · Thu Jul 02 17:12:36 GMT 2026

काठमाडौँ । नेपालमा पछिल्लो एक वर्षको अवधिमा विपद्जन्य घटनामा परी ठूलो मानवीय र भौतिक क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। चालु आर्थिक वर्षको साउनदेखि असार १७ गतेसम्म प्राकृति विपद्मा परी ४६२ जनाले ज्यान गुमाएका छन्।
तीमध्ये सबैभन्दा बढी आगलागीको घटनामा परी १०४ जनाको ज्यान गएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन् । उनले प्राधिकरणमा देशभरबाट कुल सात हजार ९८९ वटा विपद्का घटना दर्ता भएका बताइन् । ती घटनामा १८ जना बेपत्ता रहेका प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)