९ महिनादेखि साढे २९ सय सवारी भन्सारमै
ekantipur.com · Wed Dec 28 17:00:45 GMT 2022
काठमाडौँ — बैंकहरूले ऋण प्रवाह गर्न छाडेका कारण ९ महिनायता साढे २९ सय सवारीसधान विभिन्न भन्सार नाकामा अड्किएर बसेका छन् । व्यवसायीले सोरुममा भएका सवारी बिक्री भएपछि मात्र भन्सारमा रोकिएका सवारी छुटाउने गरेका छन् । जसले गर्दा भन्सारमा धेरै संख्यामा सवारी रोकिएका हुन् ।
नेपालमा धेरै सवारी भित्रिने भन्सार नाकामा वीरगन्ज र भैरहवा पर्छन् । जसअनुसार भैरहवा नाकामा मात्रै पिकअप गाडी, जिप, स्कुल बस, कार र भ्यानसहित १ हजार ७७ थान साधन थन्किएका भैरहवा भन्सार कार्यालय प्रमुख मनिराम पौडेलले बताए । ‘नयाँ सवारीसाधन भन्सारमा भित्रिरहन्छन् । अहिले पनि धेरै गाडी आएर बसेका छन्, जसमध्ये पिकअप गाडी धेरै संख्यामा छन्,’ उनले भने, ‘गाडी ल्याउने व्यवसायीसँग बुझ्दा बैंकले ऋण सुविधा नदिएकाले भन्सारमै थन्क्याएर राख्नुपरेको बताउने गरेका छन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)