युरोपमा खडेरी, सुक्न थाले नदीहरू
annapurnapost.com · Sat Aug 13 00:05:00 GMT 2022
फ्रान्स (एपी) : कुनै समय बाह्रैमहिना नदी बगिरहने फ्रान्सको बरगन्डीस्थित लक्स क्षेत्रमा लामो खडेरीका कारण रुखहरूको पंक्तिको बीचमा बतास चल्ने फराकिलो खाडल छ। यहाँ सुक्खा बालुवा, धूलो र हजारौं मरेका माछाहरूको अवशेष देखिन्छ।
लामो खडेरीले युरोपेली महाद्वीपको लगभग आधा भागलाई प्रभावित पार्दा स्पेनमा सुक्खा र फुटेका जलाशयहरूदेखि डेन्युब, राइन र पोजस्ता प्रमुख सहायक नदीहरूमा पानीको स्तर घट्दै गएको छ। यसले कृषि अर्थतन्त्रलाई क्षति पुर्याइरहेको छ, पानीमा अभाव भएको छ, डँढेलो लागेको छ र जलचर प्रजातिहरूलाई खतरामा पारिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)