महोत्सवमा दुई सय जनाको स्वास्थ्य परीक्षण
lokaantar.com · Wed Jan 11 00:17:44 GMT 2023
चितवन महोत्सव स्थलमा आयोजना गरिएको स्वास्थ्य शिविरमा दुई सय जनाको स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी चितवन र एनपीएल समाज कल्याण संस्थासँगको सहकार्यमा महोत्सव अवलोकनका लागि आउने व्यक्तिको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।
उद्योग वाणिज्य संघ चितवनका कार्यसमिति सदस्य एवम् स्वास्थ्य समिति संयोजक धनप्रसाद पोखरेलकाअनुसार स्वास्थ्य शिविरमा सुगर एवं रक्तचापको परीक्षण गरिएको थियो । त्यसैगरी, स्वास्थ्य शिविरबाट जुकाको औषधि, टाउको दुखेको औषधि तथा सिटामोल उपलब्ध गराइएको पोखरेलले जानकारी दिए । स्वास्थ्य कार्यालय चितवन र औषधि व्यवसायी संघ चितवनको सहयोगमा औषधिसमेत निःशुल्क वितरण गरिएको पोखरेलले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)