मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

नयाँ स्वरुपमा सञ्चालन हुँदै गुण सिनेमा हल

kalakarmi.com · Thu Jun 11 07:33:02 GMT 2026

ललितपुर– ललितपुरको ग्वार्कोमा अत्याधुनिक सुविधासहित गुण सिनेमा हल पुनः सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । ललितपुरको ग्वार्को क्षेत्रमा रहेको रोयल टुलिप होटल काठमाडौंसँगै रहेको गुण सिनेमा अब नयाँ स्वरूपमा सञ्चालनमा आउने तयारीमा छ ।

यसअघि सात स्क्रिन रहेको उक्त सिनेमा हलमा थप एक स्क्रिन निर्माण गरी कुल आठ स्क्रिनसहित अत्याधुनिक मल्टीप्लेक्सको रूपमा पुनः सञ्चालनमा ल्याइने भएको हो ।

नयाँ संरचनाअनुसार आठ वटा स्क्रिनमा एकै पटक करिब १४२५ दर्शकले फिल्म हेर्न सक्ने क्षमता रहने छ । यसले गुण सिनेमालाई देशकै ठूला मल्टीप्लेक्समध्ये एक बनाउने अपेक्षा गरिएको छ ।

उक्त परियोजनामा व्यवसायी राजेन्द्र शाक्यको लगानी रहेको छ भने निर्माण तथा व्यवस्थापनमा आइएनआई सिनेमाजका सुरेन्द्र थापा तथा सिनेमा वर्ल्डका अरुण रिजाल सक्रिय रूपमा संलग्न छन् । निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको र असार महिनाभित्रै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको निर्माण पक्षले जनाएको छ ।

आईएलनआई सिनेमाजका प्रमुख तथा चलचित्र संघका महासचिव समेत रहेका सुरेन्द्र थापाका अनुसार हाल फ्रेन्चाइज मोडलमा जाने वा स्वतन्त्र रूपमा सञ्चालन गर्ने विषयमा अन्तिम निर्णय भइनसकेको छ । सञ्चालनमा आएपछि गुण सिनेमा अत्याधुनिक प्रविधि, ठूलो दर्शक क्षमता र नयाँ व्यवस्थापन शैलीसहित नेपाली फिल्म उद्योगमा महत्वपूर्ण मल्टीप्लेक्स केन्द्रका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)