बजेटमा सत्तापक्षका सांसद अमरेशको आपत्ति– फुकेको बेलुन हो, कार्यान्वयन कठिन छ
shilapatra.com · Thu Jun 11 07:36:06 GMT 2026

रास्वपा सांसद अमरेशकुमार सिंहले सरकारले ल्याएको बजेट फुकेको बेलुनजस्तो भएको टिप्पणी गरेको छन् । बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेटले आन्तरिक उत्पादन गर्नेभन्दा ऋण लिएर बजेट तन्काएको बताएका हुन् ।
‘कर्मचारीले २१ प्रतिशत बढेको तलब पाए । तीन करोडमा कर्मचारी कति लाख छन् ? गरिबले के पायो ? मेरो चिन्ता मुसहर, गरिब चेपाङ र गरिब बस्तीमा छ । जुम्लाको स्याउलाई कसरी बजारमा लाने, उत्पादन बढाउने भन्नेमा छ,’ अमरेशले भने, ‘तर वैदेशिक रोजगारको रेमिटेन्समा देश चलेको छ । तर सरकारले ल्याएको बजेट फुकेको बेलुन हो लामो समय टिक्दैन । बजेट कसरी कार्यान्वयन हुन्छ भन्ने विश्वास छैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)