अज्ञात रोगका कारण जयपृथ्वी नगरपालिकाका दुई वडा प्रभावित
ratopati.com
सांकेतिक तस्बिर
बझाङ । अज्ञात रोगका कारण जयपृथ्वी नगरपालिकाका दुई वटा वडाका नागरिक प्रभावित भएका छन् । नगरपालिकाको वडा नं। ८ स्थित जोशी गाउँ र वडा नं। १० स्थित दमदुर, कुलाली गाउँका नागरिकमा करीब एक हप्तादेखि पहिचान हुन नसकेको रोगका कारण त्रास उत्पन्न भएको स्थानीयवासी उमाकान्त जोशीले बताए । उनका अनुसार प्रायः गाउँमा बृद्ध र बालबालिकामा यस्तो समस्या देखिने गरेको पाइएको छ । साथै बिरामीमा ज्वरो आउने, रिङ्गटा र वाकवाकी लाग्ने, खाना नरुच्नेजस्ता लक्षण देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)