तीनतिर फर्केका मधेसी दलका नेता जयशंकरका सामु एकसाथ
ratopati.com · Thu Jan 04 17:01:00 GMT 2024
काठमाडौँ । मधेस केन्द्रित दलका नेताहरूले भारतीय विदेश मन्त्री एस.जयशंकरसँग एकसाथ भेटघाट गरेका छन् । नेपाल–भारतको संयुक्त आयोगको बैठकमा सहभागी हुन बिहीबार बिहान नेपाल आएका मन्त्री जयशंकरले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष डा.सिके राउतलाई बत्तिसपुतलीस्थित द्वारिका होटेलमा भेटेका हुन् ।
भेटमा उनीहरूबिच देशको समसामयिक राजनीतिक विषयमा कुराकानी भएको स्रोतले जनाएको छ । भेटमा मधेसवादी दलका नेताहरूले नेपालको संविधान अधुरो भएको, ऐन कानुन अझै निर्माण नभएको र देशमा राजनीतिक अस्थिरता बढ्दै गएको धारणा राखेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)