सनराइज बैंकले दियो अंगभंग भएका व्यक्तिलाई कृत्रिम अंग
baahrakhari.com · Sun Jun 25 18:11:00 GMT 2023
काठमाडौं । सनराइज बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत मदेश प्रदेशको वीरगञ्जमा अंगभंग भएका २० जनालाई कृत्रिम हात तथा खुट्टा प्रदान गरेको छ ।
रोटरी क्लब, वीरगञ्जमा आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अपछ कुमार यादवले सीएसआर प्रमुख सुमन थापा तथा बैंकका वीरगञ्ज शाखा प्रमुख केदार सिंहको उपस्थितीमा रोटरीका कार्यक्रम संयोजक डा. स्वास्वत प्रसादलाई कृत्रिम अंग खरिदका लागि दुई लाख ७५ हजारको चेक हस्तान्तरण गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)