मकवानपुरमा एनआरएनए दम्पतीलाई पहिलो पटक नागरिकता
ekagaj.com · Wed Nov 01 15:58:08 GMT 2023
मकवानपुर - मकवानपुर जिल्लामा गैरआवासीय नेपाली (एनआरएनए) लाई पहिलो पटक नागरिकता दिइएको छ ।
बुधबार पहिलो पटक मकवानपुरका गैरआवासीय नेपाली हेटौंडाका संजिता विडारी र श्रीकृष्ण थापालाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले नेपाली नागरिक प्रदान गरेको हो । हेटौंडा ११ नवलपुरकी बिडारी र हेटौंडा ५ का थापा श्रीमान श्रीमती हुन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले उनीहरुलाई गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका थिए । नागरिक प्राप्ति पछि प्रजिअ सेढाईले उनीहरुलाई ईश्वर, देश र जनताको नाममा शपथ खुवाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)