हाम्रा बाआमालाई घर पठाइदे है चिलगाडी
rajdhanidaily.com · Thu Jan 27 23:13:46 GMT 2022
दैलेख । दैलेख ठाटिकाँध गाउँपालिका–१ सिराडीका विनोद विक र हिमाल विकले बालकपनमै आमाबाबु गुमाए । २०७३ मा आमा रंगा विकको सुत्केरी हुन नसक्दा मृत्यु भयो । त्यसको तीन वर्षपछि २०७६ मा बाबु चक्रबहादुर विकले पनि जन्डिसले यो धर्ती छाडे । यी टुहुरा बालक अहिले ७५ वर्षीय हजुरबाको आश्रयमा छन् ।
आमाको मृत्युको प्रसंगले विनोदलाई बेलाबेलामा झस्काउँछ । आमाले तेस्रो सन्तान पाउने कुराले विनोद खुसी थिए । व्यथा लागेपछि आमा प्राथमिक स्वास्थ्य केन्द्रमा ठाटीकाँध पुगिन् । बच्चा उल्टो भएको भन्दै ठाटीकाँधले अन्य अस्पताल रिफर ग¥यो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)