डढेलोबाट जोगिन चुरे सर्दै वन्यजन्तु
ekantipur.com · Mon Apr 22 16:54:34 UTC 2024

रौतहट — चन्द्रपुर नगरपालिका–३ गैंडाटारका सुकवाल धामी गाईवस्तु लिएर दिनहुँ नजिकको जंगल जान्छन् । तीन दिनयता उनले जंगलभित्र हुलकाहुल हरिण, बँदेललगायतका वन्यजन्तु चुरेतिर दौडिँदै गरेको देखे । दक्षिण भेगको जंगलमा भीषण डढेलोको कारण सुरक्षित बासस्थान र आहार खोज्दै वन्यजन्तु चुरेतिर हिँडेका हुन् ।
चुरे आसपास क्षेत्रमा पानीको मुहान र डढेलोबाट जोगिएका वन क्षेत्र छन् । चैत यता यहाँको जंगलमा जताततै ढडेलो लागेर हरियाली वन उजाड बनेको छ । यही बीच डढेलोले बासस्थान बिथोलिए पछि वन्यजन्तु छटपटिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)