माधव नेपाल कहाँ जाने हो गए हुन्छ, पार्टी चलाउने अरु छन्: झलनाथ खनाल (अन्तर्वार्ता)
khabarhub.com · Thu Oct 30 17:28:05 GMT 2025

नेकपा एकीकृत समाजवादी विभाजनको डिलमा छ। अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु नेकपा माओवादी केन्द्रसँग एकताको तयारीमा छन् भने सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित भने एकताको विपक्षमा छन्। नेत्री रामकुमारी झाँक्रीले त माओवादीसँग भन्दा नेकपा एमालेसँगै एकता गर्दा उचित हुने बताइसकेकी छन्।
तर, अध्यक्ष नेपालले एमालेसँग एकता गर्दा विद्रोह पुष्टि नहुने बताउँदै आएका छन्। खनाल भने एमालेबाट विभाजन हुनुको कारण अहिले पनि पुष्टि हुन नसकेको भन्दै नेपालमाथि कटाक्ष गरिरहेका छन्। महासचिव भुसाल भने द्वन्द्वकाल माओवादीद्वारा मारिएकाको अपजस लिन उक्त पार्टीमा सामेल हुन नसकिने बताउँदै आएका छन्। विभिन्न विषयमा कुरा उठिरहँदा यो पार्टीको केन्द्रीय कमिटी बैठक पनि जारी छ। जारी बैठकमा खनालले अध्यक्ष नेपालसहितलाई पार्टी छोडेर जानेलाई ढोका खुला रहेकोसमेत भन्न भ्याए। यसै सन्दर्भमा सम्मानित नेता
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)