सुपारी आयातको गृहकार्य ‘नेपाली किसानमारा नीति’
ekantipur.com · Wed Jan 12 00:58:24 GMT 2022
काँकडभिट्टा — तेस्रो मुलुकबाट आयात भई अवैध बाटोबाट भारत निकासी हुने सुपारी आयातका कारण स्थानीय उत्पादन भने धराशायी बन्दै आएको किसानले गुनासो गरेका छन् । आयात खुला गर्ने सरकारको निर्णयले वास्तविक सुपारी किसान समस्यामा पर्ने उनीहरूको भनाइ छ ।
नमुना झापा सुपारी बाली विकास संस्था बिर्तामोडले विज्ञप्ति जारी गरेर तेस्रो मुलुकबाट सुपारी आयातको इजाजत दिएर सरकारले किसानमाथि गम्भीर अपराध गरेको आरोप लगाएको छ । ‘किसानमारा आयात अनुमति तत्काल खारेज गर्न अनुरोध छ,’ अध्यक्ष राजकुमार राईले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)