निर्वाचन आयोगले कहिले सार्वजनिक गर्छ समानुपातिक सांसदहरू ?
baahrakhari.com · Sun Dec 11 23:54:00 GMT 2022
काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीबाट सिट प्राप्त गरेका दलहरूबाट निर्वाचित हुने सांसदहरूको नाम निर्वाचन आयोगले आज सार्वजनिक गर्दै छ । शनिबार दलहरूले नामावली टुंगो लगाएर आयोगमा बुझाएका थिए ।
प्रतिनिधिसभामा समानुपातिकतर्फबाट ११० जना निर्वाचित हुने व्यवस्था छ । प्रतिनिधिसभातर्फ समानुपातिकमा सात दलले मात्र सिट प्राप्त गर्ने मतको संख्या (थ्रेसहोल्ड) कटाएका थिए । ती दलले शनिबार निर्वाचित हुने सांसदको सूची आयोगमा बुझाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)