मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘अर्थतन्त्र बाहिर हल्ला गरेजस्तो निराशजनक छैन, चाँडै समस्या समाधान हुन्छ’

arthasansar.com

अर्थमन्त्री जनार्दन शर्माले बाहिर हल्ला गरे जस्तो अर्थतन्त्र निराशजनक अवस्थामा नरहेका बताएका छन् । विभिन्न क्षेत्रका तथ्यांक बताउँदै उनले अर्थतन्त्र सरकारको नियन्त्रणमै रहेको र चाँडै समस्या समाधान हुने बताए ।

‘गत आर्थिक बर्ष ०७७–७८ को पहिलो ६ महिनामा मूल्यवृद्धिको दर ३.५६ प्रतिशत बिन्दुमा थियो । चालू आवको शुरुबाटै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम, खाने तेल, प्लास्टिक, स्टील तथा स्टीलजन्य बस्तुलगायको निरन्तर मूल्य वृद्धि हुँदा नेपालमा असर देखिएको छ । यद्यपी, चालू आवको मध्यावधि समिक्षा गर्दा मूल्यवृद्धि दर ५.०३ प्रतिशतमा रही बाञ्छित सिमा भित्रै रहेको छ’ उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)