मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

क्रसर उद्योगलाई समयसीमा

gorkhapatraonline.com · Thu Jan 26 01:15:15 GMT 2023

काठमाडौँ, माघ १२ गते । सरकारले क्रसर उद्योग नियमन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार सम्पन्न बैठकले क्रसर उद्योगलाई नियमन गरी सञ्चालन गर्न दिने र बिनाअनुमति सञ्चालन भइरहेकालाई बन्द गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले क्रसर उद्योग सञ्चालनका लागि आवश्यक मापदण्ड पूरा गर्न असार मसान्तसम्म समय दिएको छ । महìवपूर्ण आयोजनाका लागि सञ्चालनमा आएका र आयोजना सम्पन्न भएपछि पनि चलिरहेका क्रसर उद्योग बन्द गर्ने निर्णय पनि सरकारले गरेको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)