घर जग्गा कारोबार मन्दीले काभ्रेमा राजस्व संकलन घट्यो
nepalsamaya.com · Sun Jul 02 16:17:00 GMT 2023
काभ्रे- काभ्रेमा जेष्ठ मसान्तसम्म अर्थात् चालु आर्थिक वर्षको ११ महिनामा ६० करोडले मालपोत करमा गिरावट आएको छ। सरकारले १ वर्षअघि जग्गा वर्गीकरणपछि मात्रै कारोबार गर्ने अनिवार्य व्यवस्था लागू भएसँगै घरजग्गामा आएको मन्दीका कारण राजस्व संकलनमा ठूलो रकम गिरावट भएको हो।
जिल्ला मालपोत कार्यालय धुलिखेलमा चालु आवको जेठ मसान्तसम्म ५१ करोड ३४ लाख ९६ हजार राजस्व संकलन भएको छ। अघिल्लो वर्षको यही अवधिमा १ अर्ब ११ करोड ५६ लाख राजस्व संकलन भएको कार्यालयले जनाएको छ। ‘जग्गा वर्गीकरणपछि मात्रै जग्गाको कारोबार गर्ने अनिवार्य व्यवस्था लागू भएपछि घरजग्गामा आएको मन्दीका कारण राजस्व संकलनमा ठूलो गिरावट भयो,’ प्रमुख मालपोत अधिकृत ऋषिकुमार दाहालले भने।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)