आठ सेकेन्डमै गोल
ekantipur.com · Tue Aug 23 00:54:48 GMT 2022
पेरिस — केलियन एमबाप्पेले आठ सकेन्डमै गोल गर्दै लिग वानकै कीर्तिमानमात्रै बनाएनन्, ह्याट्रिक पनि पूरा गरेका छन् । यसकै सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आइतबार लिललाई ७–१ ले हरायो । सातामा अहिलेसम्मकै सबैभन्दा बढी ११ रातो कार्डले पनि चर्चा पायो ।
एमबाप्पेले ३० वर्ष पुरानो कीर्तिमान बराबरी गर्नेक्रममा लियोनल मेसीको पास उपयोग गरे । उनले लिलेका गोलकिपर लियसे जोर्डिमलाई चकित पार्दै सिजनको दोस्रो गोल गरेका थिए । उनको उक्त गोलमा मिचेल रियोले काएनका लागि कान्सविरुद्ध फेब्रुअरी १५, १९९२ मा गरेको सबैभन्दा छिटो गोलको कीर्तिमान बराबरी गर्यो । तथ्यांकसम्बन्धी कार्यरत मिस्टरचिपको तुलनामा भने रियोको गोल केही चाँडै भएको छ । उनले ७.९ सेकेन्ड र एमबाप्पेले ८.३ सेकेन्डमा गोल गरेको तथ्यांक छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)