साउथ इन्डियन फिल्ममा अभिनेत्री आँचल शर्माको डेब्यू
news24nepal.tv · Sat Dec 25 13:58:24 GMT 2021
काठमाडौं । अभिनेत्री आँचल शर्माले साउथ इन्डियन फिल्ममा डेब्यू गरेकी छन् । अभिनेत्री आँचलले नेपालमा १५ दिनसम्म छायांकन गरिएको तेलुगु फिल्म ‘हिटम्यान’मार्फत् साउथ इन्डियन फिल्ममा डेब्यू गरेकी हुन् ।
काठमाडौं र पोखरामा छायाङ्कन गरिएको ‘हिटम्यान’मा आँचलले मुख्य भूमिकामा अभिनय गरेकी हुन् । फिल्ममा आँचलले नेपालीमै संवाद बोलेकी बताइएको छ । ‘हिटम्यान’मा आँचलको अपोजिटमा तेलुगुस्टार विष्णु अधिकारी रहेका छन् । विष्णु फिल्मको निर्देशकसमेत हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)