पार्टीभित्र बृहत्तर एकताका लागि नेतृत्वले पहलकदमी लिनुपर्छ : डा. महत
annapurnapost.com · Thu Jun 11 07:50:37 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्र बृहत्तर एकताका लागि विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले गम्भीर पहलकदमी लिन जरुरी रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महतले अहिले पार्टीको जनाधार खस्किएको अवस्थामा विशेष महाधिवेशनबाट निर्वाचित प्राविधिक रूपमा आधिकारिकता प्राप्त नेतृत्वले बृहत्तर एकताका लागि पहलकदमी लिन जरुरी रहेको बताएका हुन् । समयमा नै पार्टीभित्र बृहत्तर एकता नभए लोकप्रिय पार्टीको रूपमा स्थापित फेरि पुनस्र्थापित गर्ने अभियान कमजोर हुने उनले बताए । उनले अहिले बिशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वबाट पार्टीको एकताका लागि प्रभावकारी काम हुन नसकेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)