मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

असारमै बग्यो दुई खर्ब तर ४ लाख ३३ हजार विद्यार्थीको दिवा खाजा खर्च ठप्प

ekantipur.com · Tue Jul 11 01:02:27 GMT 2023

काठमाडौँ — बजेट सक्नकै लागि आर्थिक वर्षको अन्त्यमा मनपरी खर्च गर्ने प्रवृत्तिले यस वर्ष पनि निरन्तरता पाएको छ । खर्च गर्नैपर्ने क्षेत्रमा भने बजेट निकासासमेत दिइएको छैन ।

असारका साढे तीन सातामा मात्रै करिब २ खर्ब रुपैयाँ खर्च गरेको सरकारले बजेट नभएको भन्दै चालु आर्थिक वर्षको दिवा खाजाको रकम रोकेपछि साउन १ देखि देशभरका कक्षा ६ का विद्यार्थीलाई विद्यालयमा खाजा खुवाउने कार्यक्रम अन्योलमा परेको छ । राष्ट्रपतिले नीति तथा कार्यक्रम र अर्थमन्त्रीले बजेटमा घोषणा गरेअनुसार विनियोजन नहुँदा ४ लाख ३३ हजार ९ सय ५९ जनाभन्दा बढी विद्यार्थी दिवा खाजाबाट वञ्चित हुने भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)