हुघाट–पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण
farakdhar.com · Tue Mar 10 04:06:04 GMT 2026

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण भएको छ । सडक निर्माणसँगै विस्थापित भएको रघुगङ्गा गाउँपालिकाको १, २, ३, ४, ७ र ८ नम्बर वडाका बासिन्दाले जिल्ला सदरमुकाम बेनी आउन जान प्रयोग गर्ने परम्परागत पदमार्गलाई पुनःनिर्माण र ब्यवस्थित गरिएको हो ।
एकीकृत सेवा कार्यालय म्याग्दीको सहयोगमा राहुघाटदेखि बगैँचातर्फ ८० मिटर पक्की सिँढी र १३७ मिटर दूरीमा फलामको रेलिङसहितको पदमार्ग निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष लेखनाथ शर्माले जानकारी दिए । उनका अनुसार गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा रु पाँच लाख बजेट विनियोजन गरेको उक्त पदमार्ग निर्माणका लागि उपभोक्ताले ३६ हजार बराबरको श्रमदान गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)