राजीनामा दिने होइन जिम्मेवारी पुरा गर्ने समय आयो : चन्द्र भण्डारी
farakdhar.com · Tue Mar 10 04:38:03 GMT 2026

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजीनामा दिने भन्दा पनि जिम्मेवारी पुरा गर्ने समय आएको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत भण्डारीले पार्टीका सभापती गगन थापालाई राजीनामा दिनुभन्दा पनि छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो रहेको बताएका हुन् ।
उनले लेखेका छन,‘राजीनामा दिने होइन जिम्मेवारी पुरा गर्ने समय हो । त्यसैले गगन कुमार थापाले नैतिकताको नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)