मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गोरखापत्र सञ्चालक समिति सदस्यमा गुरुङ नियुक्त

gorkhapatraonline.com · Mon May 18 12:36:51 GMT 2026

गोरखापत्र संस्थानको सञ्चालक समिति सदस्यमा सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव राकेश गुरुङ नियुक्त्त हुनुभएको छ ।

मन्त्रालयको २०८३ जेठ ४ गतेको मन्त्रीस्तरीय निर्णयबाट उहाँ सो पदमा नियुक्त हुनुभएको हो ।

‘‘गोरखापत्र संस्थान ऐन, २०१९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि यहाँलाई गोरखापत्र संस्थानको सञ्चालक समितिको सदस्य पदमा मनोनयन’’ गरिएको मन्त्रालयको पत्रमा उल्लेख छ ।

गोरखापत्रको सञ्चालक समितिका सदस्यमध्ये एकजना नेपाल सरकारले मनोनयन गर्ने कानुनी व्यवस्था छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)