एमाले बैठकमा ११ प्रस्तावमाथि छलफल, निर्णय एउटा !
shilapatra.com · Mon May 18 12:36:30 GMT 2026

नेकपा एमालेको सोमबार बसेको सचिवालय बैठकले एउटा विषयमा मात्रै निर्णय गरेको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता ‘होल्ड’ खुला गर्ने निर्णय भएको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
भट्टका अनुसार बैठकमा महासचिवले ११ वटा प्रस्ताव प्रस्तुत गरेका थिए । तीमध्ये पदाधिकारीहरूको वरीयताक्रम निर्धारणसम्बन्धी प्रस्ताव, आम निर्वाचन २०८२ पछि गठित सरकारको काम–कारबाहीको समीक्षा, पार्टी सदस्यता नवीकरण तथा विस्तार, दलभित्रको कार्यविभाजन र पार्टीका तर्फबाट संविधान संशोधन सुझाव कार्यदल गठनसम्बन्धी विषय समेटिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)