विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गरिने
gorkhapatraonline.com · Mon Feb 13 01:12:43 GMT 2023
काठमाडौँ, फागुन १ गते । सरकारले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ लाई परिमार्जन गर्ने भएको छ । विशिष्ट व्यक्तिहरूको सवारीका क्रममा सुरक्षा व्यवस्थापन गर्दा बिरामी, आमनागरिक र विशेष गरी स्वास्थ्य संस्था, विद्यालयलगायतका संवेदनशील संस्था तथा क्षेत्रमा असहजता नहुने गरी कार्यविधि परिमार्जन गरिनेछ ।
सरकार र नेपाल चिकित्सक सङ्घबीच आइतबार भएको सहमतिअनुसार सो कार्यविधि परिमार्जन गर्न लागिएको हो । सहमतिको बुँदा नम्बर ४ मा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गरिने उल्लेख छ । कार्यविधि परिमार्जनका लागि एक साताभित्र सुझाव पेस गरिने तथा प्राप्त सुझावलाई तत्काल कार्यान्वयनमा लैजानेसमेत सहमति भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)