कोशी प्रदेशमा रास्वपाको दबदबा : कुन दलले कति सिट जिते ?
farakdhar.com · Tue Mar 10 04:52:59 GMT 2026

प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत कोशी प्रदेशका जिल्लाहरूबाट प्रतिनिधित्व गर्ने २८ जना नयाँ सांसदको टुंगो लागेको छ। प्रदेशका १४ वटै जिल्लाका २८ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएसँगै नयाँ माननीयहरूको टुंगो लागेको हो।
निर्वाचित २८ सांसदमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा रहेको छ। उसले एक्लैले १७ सिट जितेको छ। त्यसैगरी नेपाली कांग्रेस र नेकपा एमालेले समान ४-४ सिट जितेका छन् भने श्रम संस्कृति पार्टीले ३ स्थानमा विजय हासिल गरेको छ। अन्य दलका कुनै पनि उम्मेदवार कोशी प्रदेशबाट निर्वाचित हुन सकेनन्।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)