मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपनिर्वाचन आज

ekantipur.com · Sun Apr 23 00:33:36 GMT 2023

चितवन, तनहुँ र बारा — बारा–२, चितवन–२ र तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य चयनका लागि आइतबार मतदान हुँदै छ । तीनवटै निर्वाचन क्षेत्रमा मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालयहरूले जनाएका छन् ।

गर्मी बढी भएका कारण चितवन–२ का अधिकांश मतदान केन्द्रमा मतदाताका लागि टेन्ट व्यवस्था गरिएको छ । ‘मतदातालाई राहत होस् भनेर टेन्ट राखिएको हो,’ मतदान अधिकृत विष्णुमाया विकले भनिन् । चितवन–२ मा ४३ मतदानस्थलमा १ सय ३८ मतदान केन्द्र छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार चितवन–२ मा १ लाख २४ हजार ६ सय ९५ मतदाता छन् । यहाँ राजनीतिक दलका १२ र स्वतन्त्र १० उम्मेदवार छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)