पाकिस्तान बलियो स्थितितर्फ अग्रसर
ekantipur.com · Sun Aug 15 00:59:33 GMT 2021
किंग्सटन — पाकिस्तानले वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टको तेस्रो दिन शनिबार आफूलाई बलियो स्थितितर्फ अग्रसर गराएको छ । पाकिस्तानले आफ्नो दोस्रो इनिङ्समा पाँच विकेट गुमाएर १ सय ६० रन बनाएको छ ।
उसका लागि बाबर आजम ५४ र फाहिम असरफ १२ रन बनाएर खेलिरहेका छन् । पाकिस्तानलाई समग्रमा १ सय २४ रनको अग्रता प्राप्त छ । अब चौथो दिन उसले यो अग्रता बढाउने प्रयास गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)