व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण
farakdhar.com · Tue Mar 10 05:00:22 GMT 2026

यहाँस्थित रामप्रसादराई गाउँपालिका–३ भुल्के क्षेत्रका किसान पछिल्लो समय व्यावसायिक फलफूलखेतीतर्फ आकर्षित भएका छन् । स्थानीय तहबाट आवश्यक आर्थिक, प्राविधिक तथा सामग्री सहयोग प्राप्त हुन थालेपछि परम्परागत निर्वाहमुखी खेती प्रणालीलाई विस्तार गर्दै किसान व्यावसायिक कृषि प्रणालीमा उन्मुख भएका हुन् ।
यहाँका किसानले हाल सुन्तला, एभोकाडो, कागती, जुनारलगायत फलफूलको व्यावसायिक खेती सुरु गरेका छन् । केही किसानले मिश्रित खेती प्रणाली अपनाउँदै फलफूलसँगै मौसमी तरकारी उत्पादनसमेत गर्दै आएका छन् । अनुकूल हावापानी, उर्वर माटो र उपयुक्त भूगोलका कारण भुल्के क्षेत्र फलफूलखेतीका लागि सम्भावनायुक्त मानिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)