धनगढीको एक्सीस विद्याश्रममा अध्ययनरत एक विद्यार्थीमाथि कुटपिट
barnanmedia.com · Mon Jul 29 21:44:12 UTC 2024

धनगढीको एक्सीस विद्याश्रममा अध्ययनरत एक विद्यार्थीमाथि कुटपिट भएको छ।
धनगढी उपमहानगरपालिका–५ मा रहेको एक्सीस विद्याआश्रममा कक्षा ६ मा अध्ययनरत गोदावरी नगरपालिका–५ का प्रविन बिष्टमाथि कुटपिट भएको हो।प्रविनका बुवा अमर विष्टका अनुसार विद्याश्रमका संयोजक पुष्पराज जोशीले छोरामाथि सोमबार कुटपिट गरेका हुन्। जोशीले पैँसा चोरी गरेको झुटो आरोपमा शरीरमा निलडाम हुने गरी छोरालाई कुटपिट गरेको बताए। यस्तै उनलाई कारवाही गर्नुपर्ने माग पनि गरिएको छ।स्कुल जाने बेला आमाले प्रविनलाई मसि खरिदका लागि ५० रुपैयाँ दिएकी थिइन् तर कक्षामा उनको गोजी चेकजाँच गर्ने क्रममा डेढ सय रुपैयाँ भेटिएपछि शिक्षकले चोरी गरेको भन्दै प्रविनलाई कुटेको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)