ट्रम्पको आणविक परीक्षण टिप्पणीले दशकौँ पुरानो अमेरिकी नीति पुनः चर्चामा
barnanmedia.com · Thu Oct 30 21:15:01 GMT 2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक हतियार परीक्षण पुनः सुरु गर्ने सङ्केत दिएपछि दशकौँदेखि थन्किएको अमेरिकी नीति पुनः विवादमा आएको छ । उनको भनाइले वासिङ्टनका प्रतिद्वन्द्वीहरू–रुस, चीन र उत्तर कोरियाजस्ता देशहरूले निरन्तर हतियार विस्तार गरिरहेका बेला नयाँ आणविक प्रतिस्पर्धाको डर जगाएको छ ।
शीतयुद्धकालको अवशेष मानिएको आणविक नीति अहिले पुनः चर्चामा आएको छ । रुसले युक्रेन युद्धबीच अमेरिकासहित युरोपलाई बारम्बार आणविक धम्की दिँदै आएको छ र यसै साताको सुरुआतमा ‘बुरेभेस्टनिक’ नामक आणविक–सक्षम क्रुज मिसाइल परीक्षण गरेको स्वीकार गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)