मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भेटीबाट सडक बत्ती जडान

nepallive.com · Tue Feb 14 00:46:00 GMT 2023

बेनी– म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटीबाट सडक बत्ती जडान गरिएको छ।

गलेश्वर बजारको २.५ किलोमिटर सडक र मन्दिर परिसरमा सोमबार ५५ सडक बत्ती जडान गरिएको हो। गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले मन्दिरमा भक्तजनले चढाएको भेटी परिचालन गरेर सडक बत्ती राखिएको जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)