निषेधाज्ञा खुकुलो भए पनि दूधको खपत ६५% मात्र
abhiyandaily.com
काठमाडौं । निषेधाज्ञा खुकुलो भएर सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइए पनि बजार पूर्णरूपमा सञ्चालन हुन नसक्दा दूध तथा दुग्धजन्य पदार्थको खपत करीब ६५ प्रतिशत मात्र रहेको छ । दूधको खपत बढी हुने मिठाइ पसल, होटेल रेस्टुराँ, पार्ट प्यालेसलगायत क्षेत्र अझै पनि बन्द रहेकाले दूधको खपत बढ्न नसकेको हो । निषेधाज्ञा कडाइ भएका बेला ५० प्रतिशत रहेको दूधको खपत वृद्धि हुँदै हाल करीब ६५ प्रतिशत पुगेको छ । मानिसहरूमा कोरोना महामारीको त्रास कायमै रहेकाले बजारले लय समात्न लामो समय लाग्न सक्ने सरोकारवालाहरूले बताएका छन् ।
डेरी उद्योग संघका अनुसार निषेधाज्ञाका समयमा डीडीसी, डेरी उद्योग संघ र नेपाल डेरी एशोसिएशनलगायत औपचारिक क्षेत्रले काठमाडौं उपत्यकामा दैनिक ३ लाख लिटरको हाराहारीमा दूध विक्री गरिरहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)