समानुपातिक मतमा पनि रास्वपाको वर्चस्व, अन्य दलको मत कति ?
farakdhar.com · Tue Mar 10 05:42:51 GMT 2026

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । हालसम्म समानुपातिकतर्फ कुल एक करोड ४ लाख १९ हजार २३४ मत गणना भइसकेको छ । अब केही लाख मत मात्रै गणना गर्न बाँकी छ ।
जारी मतगणनामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५० लाखभन्दा बढी मत प्राप्त गरिसकेको छ । गणना भएको मतको यो ४७.९१ प्रतिशत हो । यस्तै नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६ मत प्राप्त गर्दै दोस्रो स्थान कायम राखेको छ । कांग्रेसले समानुपातिकतर्फ १६.२५ प्रतिशत मत प्राप्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)