बजेटमा अमरेशको असन्तुष्टि - फुकेको बेलुन हो, बजेट कार्यान्वयन हुन्छ भन्ने विश्वास छैन
arthasansar.com

सत्तारुढ दल रास्वपाका सांसद अमरेशकुमार सिंहले सरकारले प्रस्तुत गरेको बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन्। प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा उनले उक्त बजेट कार्यान्वयन हुने स्पष्ट आधार नदेखिएको बताएका हुन्। सिंहले विशेषगरी मुसहर, दलित तथा चेपाङ समुदायका बस्तीहरूको अवस्था र आवश्यकताप्रति आफू चिन्तित रहेको उल्लेख गरे।
उनले भने, ‘युवालाई रोजगारी हामी दिन सकेनौँ भने यो बजेटमा युवालाई रोजगारी दिने कति ठाउँ देखियो ? मैले बुझाउने क्षमता राख्दैन तर म व्यवहारिक क्षमता राखेको छु किनभने जनताको घरदैलोमा गइराख्नुपर्छ, गरिबको भान्सामा देख्नुपर्छ । गरिबले के पायो ? कर्मचारीले त पायो २१% पायो । तर, कर्मचारी कति प्रतिशत छ ? जुम्लाको स्याउलाई कसरी प्रवर्द्धन गर्ने ? उत्पादन आजको दिनमा जमिन बाँझो छ, वैदेशिक रोजगारी रेमिट्यान्सको भरमा चलिराखेको छ । साउथ एसियामा यस्तो कुनै देश नै छैन जहाँ जीडीपीको ३२-३३ प्रतिशत बजेट बनाइन्छ। यो आफैँमा एउटा ठुलो फुकेको बेलुन हो । फुकेको बेलुन लामो समय टिक्दैन । यो बजेट कार्यान्वयन हुन्छ? मलाई विश्वास छैन, अरू साथीहरूलाई विश्वास होला ।’
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)