आज आमाको मुख हेर्ने दिन,चन्द्रागिरीमा सार्वजनिक विदा
emountaintv.com · Thu Apr 20 00:41:22 GMT 2023
काठमाडौं, ७ वैशाख । आज आमाको मुख हेर्ने दिन । आज आमाप्रति सम्मान र आमाले गरेका त्याग र वलिदान सम्झिएर मातातिर्थ औंसी मनाइँदैछ । यो दिवस विश्वका विभिन्न देशहरूमा अलग अलग दिनमा आ–आफ्नो परम्परा अनुसार मनाइने गरिन्छ। नेपालमा यो दिवस मातातीर्थ औँशीको दिनमा मनाइन्छ।
नेपालमा हिन्दू संस्कृति अनुसार यो दिवस वैशाख कृष्ण औंसीको दिन आमाको मुख हेर्ने दिन वा मातातीर्थ औंसीको रूपमा परिचित छ। आज आफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरीहरू आमा भएको ठाउँमा गएर आमा जीवित हुनेहरूले आमालाई मीठा–मीठा परिकार बनाएर आफ्नो गच्छे अनुसारका खाद्य पदार्थ खुवाउनुका साथै उपहार दिएर आमालाई प्रसन्न तुल्याउँछन्, लुगाफाटो तथा अन्य विविध उपहार दिएर कृतज्ञता जाहेर गर्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)