बालेन र रविलाई भुटानका प्रधानमन्त्रीको बधाई
farakdhar.com · Tue Mar 10 06:03:01 GMT 2026

भूटानका प्रधानमन्त्री छेरिङ तोब्गेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह र सभापति रवि लामिछानेलाई बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले सफल निर्वाचनका लागि नेपाली जनतालाई पनि बधाई भनेका छन् ।
बधाई दिदै उनले दुई देशबीचको मित्रता अझ प्रगाढ बनाउने आशा व्यक्त गरेका छन् । ‘नेपालको आम चुनावमा भारी विजय हासिल गर्नुभएकोमा श्री बालेन शाह र श्री रवि लामिछानेलाई बधाई छ,’ भुटानी प्रधानमन्त्रीले लेखेका छन्, ‘म सफल चुनावको लागि नेपाली जनतालाई पनि बधाई दिन्छु ।’
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)