धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर
farakdhar.com · Tue Mar 10 06:12:18 GMT 2026

नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा अवस्थित दाउन्ने देवी मन्दिर धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थलका रूपमा परिचित बन्दै गएको छ । पूर्व पश्चिम राजमार्ग नजिकै दाउन्ने डाँडाको चुचुरोमा अवस्थित यस मन्दिरमा पछिल्लो समय दर्शनार्थीको चाप बढ्दै गएको छ ।
समुद्री सतहबाट करिब तीन हजार तीन सय फिट उचाइमा रहेको मन्दिर पुग्न दाउन्ने बजारबाट करिब आधा घण्टा उकालो यात्रा गर्नुपर्छ । यहाँ पूजा आराधना गर्दा मनोकामना पूरा हुने विश्वासका कारण देशका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् । भारतीय सीमा क्षेत्र नजिक पर्ने धार्मिक स्थल भएका कारण भारतबाट पनि भक्तजन यहाँ आउने गर्दछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)