प्रकाशकीय : मतपत्रले ल्याएको क्रान्ति
bishowkhabar.com · Thu Jun 11 08:18:32 GMT 2026

नेपालको संसदीय इतिहासमा २०८२ को आम निर्वाचन एउटा आवधिक निर्वाचन मात्र रहेन, यो दशकौँदेखि गुम्सिएको नागरिक आक्रोशको विष्फोट र शान्तिपूर्ण ‘ब्यालेट क्रान्ति’ का रूपमा दर्ता भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको दुई–तिहाइको अभूतपूर्व जनमत र ३५ वर्षीय इन्जिनियर वालेन्द्र शाह (बालेन) को प्रधानमन्त्रीत्वमा हुने उदयले नेपाली राजनीतिमा एउटा बलियो सन्देश दिएको छ— ‘नागरिक अब रैती होइन, निर्णायक हुन् ।’
यो जित रास्वपाको राजनीतिक दर्शनको विजयभन्दा पनि परम्परागत दलहरू—नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)प्रतिको सामूहिक दण्ड हो । वर्षौंसम्म ‘छोटे राजा’ शैलीमा शासन चलाएका, केन्द्रदेखि स्थानीय तहसम्म कार्यकर्ता पोस्ने संयन्त्र बनाएका र ‘सेटिङ’ को राजनीतिलाई संस्कार बनाएका दलहरूका लागि यो नतिजा अस्तित्व रक्षाको चेतावनी पनि हो । २०७९ को निर्वाचनले दिएको सानो संकेतलाई नजरअन्दाज गर्दै सुधारको सट्टा ‘सक्किने बाटो’ रोज्दा आज पुराना शक्तिहरू किनाराकृत भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)