पत्नीलाई ढकिया छाडेर जाँतो बोकी हिँडे रेशम, पत्नीविरुद्ध चुनाव लड्दै रेशम
barnanmedia.com · Thu Oct 30 22:57:58 GMT 2025

टीकापुर हत्याकाण्डमा जन्मकैद पाए पनि राष्ट्रपतिबाट आममाफी पाएका रेशम चौधरीले पत्नी रञ्जिता श्रेष्ठसँग ‘राजनीतिक सम्बन्ध विच्छेद’ गरेका छन्। ढकिया (नागरिक उन्मुक्तिको चुनाव चिह्न छाडेर जाँतो (नागरिक उन्मुक्ति पार्टी नेपाल) बनाएका छन्। ०७९ को चुनावताका गठन भएको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष समेत रहेकी श्रेष्ठले रेशमको भनसुनअनुसार पार्टी नलचएपछि लामो समयदेखि विवाद थियो। अन्ततः रेशमले नयाँ दल खोलेका छन्। व्यक्ति हत्या मुद्दामा दोषी ठहर भएकाले रेशम आफूले अध्यक्ष बन्न पाएनन्। तर, टीकापुरका स्थानीय २५ वर्षीय कविर सोवलाई अध्यक्ष बनाएर आफू संरक्षक बनेका छन्। अर्थात्, कविर अध्यक्ष रहे उनी छायाँ अध्यक्ष रेशम नै हुन्।
हुन् त रेशमको चाहना पार्टी नेतृत्व आफ्नो परिवारबाट बाहिर जान नदिने रणनीति लिएका थिए। त्यही भएर आफू जेलमा छँदा पत्नीको अध्यक्षतामा पार्टी बनाए। त्यसपछि आफू अध्यक्ष बने पनि पत्नीलाई सहअध्यक्ष बनाए। कारण, आफूलाई निर्वाचन आयोगले वैधता नदिए स्वतः पत्नी नेतृत्वमा आउछिन्। हुन पनि त्यसै भयो। निर्वाचन आयोगले रेशमको कमिटीलाई मान्यता नदिएपछि रञ्जिता अध्यक्ष बनेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)