मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काङ्ग्रेसका नेता मोहम्मद अफताब आलमको उपचारका क्रममा निधन

barnanmedia.com · Thu Oct 30 23:02:01 GMT 2025

नेपाली काङ्ग्रेसका पूर्वसांसद तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको उपचारका क्रममा निधन भएको छ । केही दिनदेखि उनको काठमाडौं मेडिकल कलेज (केएमसी)मा भेन्टिलेटरमा राखेर उपचार भइरहे पनि आज निधन भएको परिवार स्रोतले जानकारी दिएको छ ।

गत जेठमा नक्खु कारागारबाट छुटेलगत्तै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो। त्यतिबेला माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)