एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन
annapurnapost.com · Mon Sep 11 23:56:40 GMT 2023
काठमाडौं : संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । आफ्नै निवासमा हृदयघातपछि अस्पताल लैजाँदै गर्दा बाटोमै गएराति उनको निधन भएको हो।
उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइए पनि नेम्वाङलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। सांसद नेम्वाङको निधन भएपछि प्रधानमन्त्रीसहित एमालेका शीर्ष नेताहरु अस्पताल पुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)