कुलमानले सम्झिए आफूले लोडसेडिङमा गरेको काम
farakdhar.com · Tue Mar 10 07:19:11 GMT 2026

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशलाई दृष्टिकोण, योजना र काम गर्न सक्ने नेतृत्व आवश्यक रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले देशको समस्या आन्दोलन र घोषणा नभई समस्याको जड कार्यान्वयनको कमजोरी रहेको भन्दै काम गर्न सक्ने नेतृत्व आवश्यक रहेको बताएका हुन् ।
‘देशलाई नाराले होइन–दृष्टिकोण, योजना र काम गर्न सक्ने नेतृत्व आवश्यक छ । हामीले धेरै आन्दोलन र घोषणा देख्यौँ, तर समस्याको जड घोषणा होइन, कार्यान्वयनको कमजोरी हो । आज पनि एउटा पुल बनाउन १५ वर्ष लाग्ने, ठेक्का लिएर काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसक्ने र निर्णय गर्न नसक्ने प्रणालीले विकासलाई रोकिरहेको छ,’ उनले लेखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)