मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हसिनाले बंगलादेश छाडेपछि पूर्वप्रधानमन्त्री जियालाई रिहा गर्न आदेश

barnanmedia.com · Mon Aug 05 21:42:25 UTC 2024

शेख हसिनाले बंगलादेश छाडेपछि पूर्वप्रधानमन्त्री तथा बीएनपीकी सबैभन्दा शीर्ष नेता खालिदा जियालाई रिहा गर्न आदेश दिइएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसा बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले जेलमा रहेकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई रिहा गर्न आदेश दिएका हुन्। राष्ट्रपति शाहबुद्दिनको नेतृत्वमा भएको बैठकमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जियालाई तत्काल रिहा गर्ने सर्वसम्मतिले निर्णय भएको राष्ट्रपतिको प्रेस टोलीले जानकारी दिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)