मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बंगलादेशमा विद्यार्थी आन्दोलन थाम्न नसकेर भारतकाे शरणमा पुगेकि शेख हसिना

barnanmedia.com · Mon Aug 05 21:49:36 UTC 2024

सयौंको हताहतीपछि देश छाडेर भागेकी बंगलादेशी प्रधानमन्त्री शेख हसिना वाजेद सेनाको हेलिकोप्टरमा दिउँसो कोलकाता पुगेकी छन् । त्यहाँ पनि सुरक्षित नदेखिएपछि उनी राजधानी नयाँ दिल्लीतर्फ जान लागेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

हसिना दिउँसो साढे २ बजे ढाकास्थित प्रधानमन्त्री निवासबाटै सेनाको हेलिकोप्टरमा भारतको पश्चिम बंगालस्थित कोलकाता गएकी थिइन् । देश छाड्नुअघि उनले राष्ट्रको नाममा सम्बोधन गर्न खोजेकी थिइन् । तर, त्यो सम्भव नभएपछि बहिनीसँगै मुलुक छाड्ने निर्णय गरेकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)