ललितपुरको कुसुन्तीस्थित विद्यालयबाट चितुवाको उद्धार
farakdhar.com · Tue Mar 10 07:41:42 GMT 2026

ललितपुरको जावलाखेल स्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती हाइटको माछापुच्छ्रे स्कुलको स्टोरबाट मंगलबार बिहान एक चितुवाको उद्धार गरेको छ ।
सो टोलीले सातदोबाटो प्रहरी, जिल्ला वन कार्यालय ललितपुर, ललितपुर महानगरीय प्रहरीको टोलीको संयुक्त सहयोगमा ‘डार्ट’ गरेर चितुवाको उद्धार गरेको हो । अनुमानित दश वर्षको ६० केजी तौलको चितुवाको उद्धारपछि उपचारका लागि चिडियाखानाको वन्यजन्तु अस्पतालमा राखिएको सदर चिडियाखाना प्रमुख सत्यनारायण साहले जानकारी दिए । उपचारपछि उक्त चितुवालाई प्राकृतिक बासस्थानमै छोडिने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)