रौतहटमा साइकल यात्रीलाई ठक्कर दिएर फरार भएको टिप्परसहित चालक नियन्त्रणमा
nagariknews.nagariknetwork.com · Thu Jun 11 08:19:32 GMT 2026

रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ४ सुन्दरपुर चोकमा साइकल यात्रीको ज्यान जाने गरी भएको सवारी दुर्घटनाको रहस्य चार दिनपछि खुलेको छ। दुर्घटनापछि फरार रहेका टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएपछि घटनाको वास्तविकता बाहिर आएको हो।
गत जेठ २४ गते राति करिब १ बजे गढीमाई नगरपालिका–९ मलाही निवासी ३५ वर्षीय प्रमोद सहनीलाई प्रदेश–२–०३–००१ ख २६३३ नम्बरको टिप्परले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका सहनीको घटनास्थलमै मृत्यु भएको थियो भने टिप्पर चालक सवारीसहित फरार भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)