मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

समस्या सल्टाऔं, चक्रपथ बढाऔं

annapurnapost.com · Wed Nov 10 06:31:00 GMT 2021

बदलिँदो परिवेश र सहरी क्षेत्रप्रतिको आकर्षणले काठमाडौं उपत्यकामा जनसंख्याको चाप बढ्दो छ। मानिसको भीडसँगै सवारीको चाप पनि बढ्ने नै भयो। दिनानुदिन उपत्यकामा जनसंख्या बढ्दै गएपछि २०२७ सालमा निर्माण गरिएको चक्रपथको पुरानो संरचनाले हालको सवारी चाप र ट्राफिक जामलाई थेग्न सकेको छैन। चक्रपथको क्षमता विस्तारमा विभिन्न समयमा काम भए, फराकिलो बनाउने प्रयास भयो। चक्रपथको कोटेश्वरदेखि कलंकीसम्मको खण्डमा दायाँबायाँ सर्भिस ट्र्याक, डिभाइडर, हरियाली बगैंचासहितको आठ लेनको फराकिलो सडक पनि बन्यो। यसले ती क्षेत्रमा हुने सवारी जामलाई घटाउन मद्दत पुर्‍याएको छ।

सवारी चापको राप खेपेको उपत्यकाभित्रको यात्रालाई सहज बनाउन चीनले गरेको सहयोगले आठ लेनको सडक बन्यो। तर, चक्रपथको आधाभन्दा धेरै क्षेत्र अस्तव्यस्त छ। चीनकै सहयोगमा कोटेश्वर–कलंकीजस्तै बनाउने भनिएको कलंकी–धोबीखोला (चाबहिल) क्षेत्रको काम अझै हुन सकेको छैन। चीन किन चुपचाप छ ? नेपाललाई थाहा छैन। सडक क्षेत्र हेर्ने सरकारका अधिकारी नै अनविज्ञ छन्। पहिले सफल रूपमा आठ लेनको बनाएर नेपाललाई हस्तान्तरण गर्ने चीन किन बाँकी सडक बनाउन चाहिरहेको छैन ? नेपालले अझै जवाफ पाएको छैन÷खोजेको छैन। सम्झौता भएको तीन वर्षसम्म पनि सडक बनाउने विषयमा चीन चुप बस्नु भित्र कुनै रहस्य पक्कै लुकेकै हुनुपर्छ। यो विषय खोतल्न नेपाल सरकारले सक्नुपर्छ कि आफैं बाँकी चक्रपथ बनाउनुपर्छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)